सप्तरी, ७ असोज । सप्तरीको इलाका प्रहरी कार्यालय भेडियाले नयाँ भवन पाएको छ । नवनिर्मित उक्त भवनको प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले उद्घाटन गरेका छन् ।
उक्त अवसरमा मन्त्री साहले प्रहरीको सुरक्षित आवासको जिम्मेवारी प्रदेश सरकारको भएको बताए । प्रहरी प्रशासनको कार्यालय एवम् आवास व्यवस्थित गर्न प्रतिबद्धतासमेत उनले जनाए ।
कार्यक्रममा प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुवी कर्ण, प्रदेश सांसद पसमिना कादरी, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलालगायतले मन्तव्य राखेका थिए ।
तपाईको प्रतिक्रिया