कपिलवस्तु, ७ असोज । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका २ गल्लामण्डी र सोही नगरपालिका १ स्थित कृष्णनगर चन्द्रौता सडक खण्डबाट करीव २७ लाख रुपैयाँ मुल्य बराबरको २२ हजार ५ सय के.जी. हरियो केराउ बरामद गरिएकोे छ ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगरबाट खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्ती टोलीले अवैध रुपले चोरीनिकासी गरी भारततर्फ लैजानको लागि राखिएको चालक बिनाको भारतीय नम्बरको छ वटा ट्रकमा लोड रहेको अवस्थामा उक्त केराउ तथा ट्रक बरामद गरेकोे हो ।
बरामद केराउ तथा ट्रक आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय बुटवल रुपन्देहीमा बुझाईएको छ । बरामद ट्रकको अन्दाजी मुल्य ७५ लाख रुपैयाँ रहेको छ ।
तपाईको प्रतिक्रिया