रुपन्देही, ८ असोज । रोहिणी गाउँपालिका–५ मझौनी चोकबाट नियन्त्रित लागूऔषध २ सय ८१ एम्पुल डाईजेपाम, ३ सय १६ एम्पुल नोफिन र ३ सय ५ एम्पुल फेनारगन सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार दिउँसो पक्राउ पर्नेहरुमा नवलपरासी रामग्रम नगरपालिका–१६ बस्ने १९ वर्षीय इस्लाम चुरीहार र सोही ठाउँ बस्ने २० वर्षीय आलमगरी चुरीहार रहेका छन् ।
प्रहरी चौकी पिप्रहवाबाट खटिएको प्रहरीले लु.४ प ११३४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक इस्लाम र मोटरसाइकलमा सवार आलमगरीलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया