कैलाली, ८ असोज । गोदावरी नगरपालिका–२ अत्तरीया पहाड रोडस्थित सोभान गड्सेरा होटलबाट २ ग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित धनगढी उपमहानगरपालिका–४ रातो पुल बस्ने ३७ वर्षीय बिरेन्द्र खडकालाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त होटलमा लागूऔषध कारोबार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा बिहीबार राति ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया