मोरङ, १० असोज । सुनवर्षी नगरपालिका–३ नर्बु चोकस्थित अरुण सिंहको चिउरा मिलमा काम गरिरहेको अवस्थामा विद्युत सर्ट भई आगलागी भएको छ ।
शनिबार राति आगलागी हुँदा मिलभित्र रहेको २ वटा मेसिन, धान, खुदी, भुस, पिठो र चिउरा समेत जलेर करिब ७० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया