इमरान खान, कपिलवस्तु, ११ असोज । विगत केही समयदेखि निर्माणाधीन रहेको हुलाकी मार्गले निर्माण कार्यमा गति नलिँदा तौलिहवा क्षेत्र लगायतका सर्वसाधारणहरुलाई आवतजावतमा समस्या परिरहेको छ ।
निर्माण कार्यमा ढिलाई हुँदा सर्वसाधारण लगायत सम्पूर्ण नागरिक समाज तथा स्थानीयहरुलाई निकै समस्या परिरहेको छ ।
यसै बिषयलाई मध्यनजर गरी आइतबार संबाद समूह कपिलवस्तुले सरोकारवालाहरुसँगको गरेको अन्तरक्रिया कार्यक्रममा सम्बन्धित सबैले समस्याको महसुसीकरण गरी सड्क निर्माण कर्य तथा व्यवस्थापनमा सहयोग पु¥याउन प्रतिबद्धता व्यक्त गरेका छन् ।
संबाद समूह कपिलवस्तुले तौलिहवामा, तौलिहवा सड्क निर्माण तथा व्यवस्थापनमा सरोकारवालाहरुको भूमिका विषयमा अन्तरक्रिया गरेको हो ।
प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेयको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा नेपाल बिद्युत प्राधिकरण तौलिहवा शाखा, नेपाल टेलिकम, नेपाल खानेपानी संस्थान, निर्माण व्यवसायी संघ, कपिलवस्तु नगरपालिकाका वार्ड नं. १, २, र ३ का वाडा अध्यक्ष तथा प्रतिनिधि, हुलाकी रोडका ईन्जिनियर, सडक कार्यालयका प्रतिनिधिलगायतको उपस्थितिमा संबाद भएको हो ।
मुख्य रुपमा खानेपानी कार्यालयले जमिनमुनि रहेका खानेपानीका पाइपहरु समयमै व्यवस्थापन नगरिँदा बाटोको निर्माण कार्य अवरुद्ध रहेको बताइएको छ । त्यसैगरी, विद्युतका नेपाल टेलिकमका पोल तथा तारहरु समस्याका रुपमा देखिएका छन् ।
यी कार्यहरुलाई आ–आफ्नो कार्यालयको तर्फबाट यथा सिघ्र ब्यवस्थापन गर्ने सम्बन्धित सरोकारवालाहरुले प्रतिबद्धता जानाएका छन् ।
त्यसैगरी जिल्ला प्रशासन कार्यालय अगाडी रहेको बुद्धको मुर्ती, स्वर्गीय भगवानदास गुप्ताको शालिक र महेन्द्रगेटलाई ब्यवस्थापन गर्नका लागि नगरपालिकाको बैठकमा कुरा राख्ने वाडा अध्यक्ष रामभजन कलवार र सुदीप पौडेलले प्रतिबद्धता जनाएका छन् ।
तपाईको प्रतिक्रिया