निर्माणाधीन घरबाट लडेर १ जनाको मृत्यु 

समाचार

रुपन्देही, ११ असोज । बुटवल उपमहानगरपालिका–१४ पत्थरगंजस्थित देव बहादुर खत्रीको निर्माणाधीन घरमा मिस्त्री काम गर्ने क्रममा लडेर दाङ लमही नगरपालिका–९ वनभुटानी बस्ने ३० वर्षीय किसन चौधरीको मृत्यु भएको छ ।

आइतबार दिउँसो उक्त गरको तेस्रो तलामा प्लास्टर गर्ने क्रममा अचानक बाँस भाँचिएर लड्दा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । 

साथै खसेर घाइते भएका बाँके कोहलपुर नगरपालिका–२ बर्दहवा बस्ने २५ वर्षीय गोबिन्द प्रसाद थारुको सोही अस्पतालमा उपचार भईरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ