बागमती खोलामा डुबेर एक बालकको मृत्यु, एक बेपत्ता

समाचार

रौतहट, ११ असोज । राजदेवी नगरपालिका–९ ब्रहमपुरीस्थित बागमती खोलामा डुबेर सोही ठाउँ बस्ने जितन रामको छोरा १० वर्षीय अदित रामको मृत्यु भएको छ ।

आइतबार दिउँसो अदित र सोही ठाउँ बस्ने जगु पासवानको छोरा ११ वर्षीय चिन्टु पासवान नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।

बेपत्ता भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी वेलविछवाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा अदितलाई घाइते अवस्थामा फेला पारी उपचारको लागि गौर अस्पताल पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

साथै चिन्टुको प्रहरीले खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ