अमृत लाल राजवंशी एमाले प्रवेश

समाचार

काठमाडौं, ११ असोज । नेपाली कांग्रेसका नेता तथा तत्कालीन संविधानसभाका सदस्य अमृत लाल राजवंशी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

आइतबार साँझ बालकोटमा राजवंशीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा ओढाइदिएर एमालेमा स्वागत गरेका हुन् ।

पहिलो र दोस्रो संविधानसभामा राजवंशी नेपाली कांग्रेसको समानुपातिक सभासद थिए । 

हालै झापाको विर्तामोड ४ बाट नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा पराजित भएका राजवंशी एमाले प्रवेश गरेका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ