कैलाली, ११ असोज । आमाको छात्रावासका विद्यार्थीहरुलाई हेल्प फर ह्याप्पिनेस सामाजिक संस्थाले न्यानो कपडा र शैक्षिक सामग्री सहयोग गरेको छ ।
सोमबार हेल्प फर ह्याप्पीनेसको छैटौं वार्षिकोत्सवको अवसरमा सुदूरपश्चिम कमिटीले धनगढी उपमहानगरपालिका–५ तारानगरस्थित आमाको माया छात्रावासका विद्यार्थीहरुलाई कपडा र शैक्षिक सामग्री सहयोग गरेको हो ।
सो सामाजिक संस्थाले कपडा र शैक्षिक सामग्री सहयोग गर्नुको साथै उक्त अवसरमा मेडिकल टिमले विद्यार्थीहरुको आँखा परीक्षण समेत गरेको थियो ।
संस्थाले विभिन्न समस्यामा परेका नागरिकको उद्धार गर्ने, आपतकालीन रक्तदान गर्ने, मौलिक तथा सांस्कृतिक महत्व बोकेका चाडपर्वमा विशेष कार्यक्रमको अयोजना गरेर खुशी पु¥याउने, विपन्न तथा असहायलाई आर्थिक सहयोगजस्ता कार्य गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया