जनकपुरधाम, १२ असोज । प्रदेश नं. २ का प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी नेपालको प्रदेश २ को संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन भएका छन् ।
सोमबार जनकपुरधाममा बसेको लोसपा संसदीय दलको बैठकले सोनलाई दलको नेता चयन गरेको हो । उनी यसअघि पनि तत्कालीन राजपाको संसदीय दलको नेता थिए ।
लोसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेता शरतसिंह भण्डारीलगायतको उपस्थितिमा सोनललाई संसदीय दलको नेतामा चयन गरेको हो ।
सोनल लोसपाको केन्द्रीय कार्यकारिणी समिति सदस्यसमेत हुन् ।
तपाईको प्रतिक्रिया