ट्याक्टरको ठक्करबाट युवकको मृत्यु

समाचार

कपिलवस्तु, १२ असोज । महाराजगंज नगरपालिका–६ सानो बुटनियास्थित खेत जोत्ने क्रममा लु.४ त ७९२१ नम्बरको ट्याक्टरले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।

ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने २२ वर्षीय दिलिप कहारको सोमबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । 

हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ