पसलमा आगलागी हुँदा १५ लाखको धनमाल जलेर नष्ट 

समाचार

पर्सा, १२ असोज । वीरगंज महानगरपालिका–६ बस्ने अनुराग गुप्ताको समृद्ध ईम्पेक्स एण्ड सप्लायर्स कपडा पसलमा विद्युतको तार सर्ट भई आगलागी हुँदा पसलका कपडाहरु जलेर करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

प्रहरी, दमकल र स्थानीय बासिन्दाको सहयोग आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ