काठमाडौं, १२ असोज । भारतको विदेश मन्त्रालयका सहसचिव अनुराग श्रीवास्तव नेपाल भ्रमणमा आएका छन् । उनी तीन दिनसम्म नेपाल रहने छन् ।
श्रीवास्तव भारतको विदेश मन्त्रालयमा नेपाल डेस्कमा कार्यरत छन् । यसअघि उनी भारतीय विदेश मन्त्रालयका प्रवक्ता थिए ।
उनी नेपालमा रहँदा विभिन्न कार्यक्रममा सहभागी हुने जनाइएको छ । नेपाल बसाइका क्रममा उनले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग पनि छलफल गर्नेछन् ।
तपाईको प्रतिक्रिया