काठमाडौं, १२ असोज । चिनियाँ विस्तारवादविरुद्ध लोकतान्त्रिक समाजवादी पार्टी नेपालनिकट युवा संघले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
मंगलबार लोसपा नेपालनिकट युवा संघले नेपालको भूमि चीन विस्तारवाद नीतिको विरुद्ध शान्तिपूर्ण आन्दोलनलाई निरन्तरता दिँदै काठमाडौंको माइतीघर मण्डलामा विरोध गरेको हो ।
नेपालको ७ जिल्लाको ११ ठाउँमा र करिब ४०० वर्ग किलोमिटर नेपाली भूमि अतिक्रमण र हुम्लाको १२ नम्बरको पिलर पहिलाकै स्थानमा कायम गर्न र अतिक्रमित जग्गा अबिलम्ब फिर्ता गराउन भन्दै युवा संघले विरोध गरेको हो ।
यस्तै, नेपाल सरकारले बनाएको छानबिन समितिले बुझाएको प्रतिवेदन सार्वजनिकको माग राखि नेपाली भूमि अतिक्रमण गर्न पाइदैन मुल नाराको साथ विरोध प्रदर्शन गरिएको विद्यार्थी नेता रञ्जित निष्पक्षले जनाएका छन् ।
साथै, चीनमा एमबीबी पढिरहेका विद्यार्थीलाई ईन्टरनसीप नगराई स्वदेश पठाइ वेवारिसे छोडिने चिनियाँ सरकारको नीति र नियम नेपालप्रति खोट रहेको र अबिलम्ब यस्ता प्रवृत्ति सुधार्न र फिर्ता लिन आग्रह गरेको छ । नभए आन्दोलनको रुप भयावह हुने चेतावनी समेत दिएको छ ।
विरोध प्रदर्शनमा युवा संघका अध्यक्ष मुकेश झाको नेतृत्व र विद्यार्थी नेता रन्जित निस्पक्ष, युवा अध्यक्ष रन्जित सिंह, नेता आभा लाभ, प्रमेश साह, ज्ञानेन्द्र झा, नेता रामजी राय लगायतका नेताहरुको उपस्थिति थियो ।
तपाईको प्रतिक्रिया