कौडिल्य गौत्रका गैह्रे (गैरै) हरुको जिल्ला भेला सम्पन्न

समाचार

कपिलवस्तु, १३ असोज । कौडिल्य गौत्रका गैह्रे (गैरै) हरुको कपिलवस्तुको प्रथम जिल्ला सम्मेलन तथा अधिवेशन वाणगंगाको जितपुरमा सम्पन्न भएको छ ।

गैरे बन्धुहरुको जातीय उत्थान, वंशजको खोज, कुल गोत्र, धर्म परम्पराको संरक्षण र निरन्तरता र विभिन्न सामाजिक कार्यका लागि २०६५ सालमा गैरे कल्याण समाज स्थापना र दर्ता भई काम गदै आइरहेको छ । 

केन्द्रीय समितिसहित ९ जिल्लामा समन्यव समिति गठन भएको र गैरेहरुको बसोबास भएको अन्य जिल्लाहरु गरी १३ जिल्लामा संगठन विस्तार गर्न लागिएको केन्द्रीय अध्यक्ष दामोदर गैह्रेले बताए । 

साथै समाजले गैरेहरुको उद्गमस्थल, बसाई तथा वंशावली तयार गरिरहेको बताए । सो अवसरमा तोयानाथ गैरेको अध्यक्षतामा गैरे कल्याण समाज कपिलवस्तु जिल्ला समन्यव समिति निर्विरोध चयन गरेको छ । 

समितिको उपाध्यक्षमा जिवलाल गैरे, सचिवमा मणि प्रसाद गैह्रे, कोषाध्यक्षयमा बलराम गैरे सदस्यहरुमा तिलक गैरे, रेशमलाल गैरे र दुर्गा प्रसाद गैरे निर्वाचित भएका छन् । 

कार्यक्रममा केन्द्रीय सल्लाहकार पिताम्मर गैह्रे, कमलचन्द्र गैह्रे, पाल्पा जिल्ला अध्यक्ष धातानन्द गैरे, गुनाखार गैरे लगायतले समाजको आगामा दिनमा गर्नुपर्ने योजनाहरुको बारेमा बताएका थिए । 

नवनिर्वाचित समाजका अध्यक्ष तोयानाथ गैरेले समाजले कपिलवस्तमा गैरे दाजुभाइहरुको खोजी गरेर भेला र सम्मेलन गरि समाजको विकास र धर्म सस्कृति प्रचार प्रसार गरिने बताए । कार्यक्रम भुपलाल गैरेको अध्यक्षता र मणि प्रसाद गैेह्रेको संचालनमा भेला तथा अधिवेशन सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ