जनकपुरधाम, १३ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश नं. २ को मुख्यमन्त्री कार्यालयमा मारेको छापाप्रति मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले आपत्ति जनाएका छन् ।
मुख्यमन्त्री कार्यालयमा बुधबार मुख्यमन्त्री राउतले पत्रकार सम्मेलन गरी अख्तियारको छापा मार्ने तरिका सही नभएको भन्दै प्रदेश सरकारलाई नै बदनाम गराउन खोजेको आरोप लगाएका हुन् ।
‘प्रदेश सरकारलाई बदनाम गराउन जुन तरिकाले अख्तियारको टोली प्रस्तुत भयो, त्यो षड्यन्त्रमूलक हो, मुख्यमन्त्रीलाई बदनाम गर्नका लागि गरिएको हो’ मुख्यमन्त्री राउतले पत्रकार सम्मेलनमा गुनासो पोखेका हुन् ।
भिडियो साभार : मुख्यमन्त्री सञ्चार सचिवालय
तपाईको प्रतिक्रिया