काठमाडौं, १४ असोज । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का केन्द्रीय कार्यकारिणी समिति सदस्य राजकुमार लेखीले राजीनामा दिएका छन् ।
लेखीले बुधबार अध्यक्ष महन्थ ठाकुरको नाममा राजीनामापत्र सार्वजनिक गर्दै लोसपाको सबै पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
उनले राजीनामापत्रमा भनेका छन्, ‘अब नयाँ राजनीतिक यात्राको थालनी गर्ने निर्णय गरेको हुँदा यस पार्टीको सबै पदबाट राजीनामा गर्दछु ।’

तपाईको प्रतिक्रिया