जनकपुरधाम, १४ असोज । प्रदेश नं. २ का मुख्यमन्त्री कार्यालयमा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छापामारीबारे प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीसँग जानकारी लिने बताएका छन् ।
प्रदेश प्रमुख मिश्रले अख्तियारको छापाबारे आफूलाई केही पनि जानकारी नभएको बताएका छन् । बिहीबार मधेशवाणीसँग कुराकानी गर्दै उनले भने, ‘अख्तियारको छापाबारे मैले आजै बिहान सञ्चारमाध्यमहरुबाट थाहा पाएँ ।’
उनले यो छापामारीबारे आफू पूर्ण अनभिज्ञ रहेको बताउँदै आजै मुख्यमन्त्री राउतसँग भेटेर सत्यतथ्य बुझ्ने बताएका हुन् ।
प्रदेश प्रमुख मिश्रले भने, ‘म भ्रष्टाचारको पक्षमा छैन, सरकारले पनि भ्रष्टाचारलाई बढावा दिँदैन । सञ्चारमाध्यमहरुमा विभिन्न कुराहरु आएका छन् ।’
उनले अहिले आफू प्रदेश सरकारको मुख्यमन्त्री कार्यालयमा परेको छापाका बारेमा जानकारी लिएपछि मात्रै कुनै प्रतिक्रिया दिने मधेशवाणीलाई बताएका छन् ।
तपाईको प्रतिक्रिया