विराटनगरको नगर अधिवेशन शनिबार

समाचार

विराटनगर, १४ असोज । प्रदेश १ को एकमात्रै महानगरपालिका विराटनगरको नगर अधिवेशन असोज १६ गते शनिबार तोकिएको छ ।

नेपाली कांग्रेस मोरङको शुक्रबारको बैठकले विराटनगरसहित १७ वटै पालिकाको नगर अधिवेशन शनिबार गर्ने निर्णय गरेको हो । निर्वाचन तालिकासहितको निर्णय केन्द्रीय समितिलाई पठाइएको छ ।

प्रस्तावित निर्वाचन तालिकाअनुसार उम्मेदवारहरूलाई १५ गते शुक्रबार मनोनयन दर्ताको समय तोकिएको छ । उम्मेदवारी फिर्ताका सम्पूर्ण प्रक्रिया पूरा सकेर शुक्रबार साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिने र शनिबार मतदान हुने नेपाली कांग्रेस मोरङका सचिव नागेश कोइरालाले बताए ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिको तालिका अनुसार नगर अधिवेशन असोज ९ शनिबारका लागि तोकिएपनि विराटनगर महानगरपालिकाका वडा नम्बर २, ३, ४, ६ र ८ सहितका वडाको वडा अधिवेशनको मत गणना कार्य शनिबार बेलुकामात्रै सकिएका कारण नगर अधिवेशन एक साता पछि सारिएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ