खातुनलाई एसिड प्रहार गर्ने पुनः पक्राउ

समाचार

पर्सा, १४ असोज । वीरगन्जकी मुस्कान खातुनलाई एसिड प्रहार गर्ने फरार कसुरदारलाई पर्सा प्रहरीले पुनः पक्राउ गरेको छ । 

कोरोनाको पहिलो लहरका समयमा पछि फेरि बाल सुधार गृहमा कैद भुक्तान गर्ने गरी राख्न अदालतले दिएको आदेश विपरित कसूरदार समसाद मियाँ फरार भएपछि उनी पुनः पक्राउ परेका हुन् । 

कसूरदार मियाँ वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैया स्थित आफ्नै घर नजिकको ईदगाह चोकबाट पुनः पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ ।

वीरगन्जस्थित बाल सुधारगृहमा कैद भुक्तान गर्दै आएका कसूरदार मियाँलाई कोभिड–१९ को पहिलो लहरमा पर्सा जिल्ला अदालतकै आदेशबाट २०७६ साल चैत ११ गते संरक्षकको जिम्मामा छोड्नु भनिएको थियो । 

अदालतको आदेश अनुसार ०७६ चैत १२ गते नै पछि पुनः बुझाउने शर्तमा उनलाई संरक्षकको जिम्मा लगाइयो । तर पर्सा जिल्ला अदालतकै २०७७ फागुन २६ गतेको आदेश यता उनी फरार भए । 

५ महिना १६ दिन कैद भुक्तान गर्ने गरी १ वर्ष कैद सजाय भएपछि त्यो आदेश कार्यान्वयन गर्ने सिलसिलामा फरार मियाँलाई पुनः नियन्त्रणमा लिएको पर्साका प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले बताए ।

कसूरदार मियाँले अर्का साथीसँग मिली २०७६ भदौ २० गते खातुनलाई वीरगन्ज ४ गणेशमान चोक स्थित सार्वजनिक सडकमा अनुहारमा एसिड प्रहार गरेको पहिले नै पुष्टी भइसकेको थियो । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ