काठमाडौं, १५ असोज । जनता समाजवादी पार्टी नेपालले प्रदेश नं. २ को मुख्यमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छापामारीलाई राजनीतिक प्रतिशोध र पूर्वाग्रहपूर्ण भावनाले गरेको आरोप लगाएको छ ।
जसपा नेपालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्ता कार्यले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई धरापमा पार्ने जनाएको छ ।
‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार विरुद्ध अनुसन्धान गर्न पाउने हो तर अमर्यादित र विद्वेषपूर्ण तथा सामुदायिक एवं राजनीतिक प्रतिशोध र पूर्वाग्रहपूर्ण भावना गरिएको उक्त कार्य गलत हो,’ विज्ञप्तिमा भनिएको छ ।
अख्तियारको छापामारीप्रति जसपा नेपालले घोर विरोध, भर्त्सना र आपत्ति प्रकट गरेको छ ।
तपाईको प्रतिक्रिया