सुरक्षित आवासको माग गर्दै रौतहटका पालिकाहरु घेराउ

समाचार

रौतहट, १६ असोज । सुरक्षित आवासको माग गर्दै रौतहटको पालिकाहरुमा घेराउ तथा प्रदर्शन गरिएको छ । आवास निर्माण संघर्ष समिति शुक्रबार पालिकाहरुमा घेराउ गरेका हुन् ।

सुरक्षित आवास कार्यक्रम अंतर्गत घर मर्मत एवं निर्माणको लागि झण्डै ३ वर्ष देखि स्थानीय तहमा करोडौं रकम आईरहे पनि पिडितहरूले भने उक्त रकम पाएका छैनन् ।

स्थानीय सरकार मातहत रहेको ’सुरक्षित आवास कार्यक्रम’मा भईरहेको चरम लापरवाही एवं भ्रष्टाचारले गर्दा करोडौं रकम फ्रिज एवं दुरुपयोग हुनु आफैंमा पनि दुखद विडम्बनापूर्ण कार्य रहेको ठहर गर्दै दलित समुदायहरु आक्रोशित भएका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ