काठमाडौं, १६ असोज । १५२ गान्धी जयन्तीको अवसरमा काडमाडौंमा कला प्रदर्शनीको आयोजना भएको छ ।
नेपाल आर्ट काउन्सिलमा आयोजित ‘असल जगतका लागि महात्मा गान्धीको सिद्धान्त’ विषयक कला प्रदर्शनीको नेपालस्थित भारतीय दूतावासका कार्यवाहक राजदूत नामग्य खम्पाले उद्घाटन गरिन ।
भारतीय दूतावास बीपी कोइराला भारत–नेपाल फाउन्डेसनको सहयोगमा शिभाता लभ फाउन्डेसनले सो कला प्रदर्शनीको आयोजना गरेको हो । उक्त प्रदर्शनी सर्वसाधारणका लागि असोज १७ देखि २२ गते सम्म खुला रहनेछ ।
सोही अवसरमा नेशनल हस्पिटल तथा क्यान्सर रिसर्च सेन्टरले भारतीय दूतावासको सहयोगमा काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा स्तन तथा पाठेघर क्यान्सर जाँच एवम् जनचेतना कार्यक्रमको पनि आयोजना गरेको छ ।
यस्तै भारतीय दूतावासकै सहयोगमा भारतीय नागरिक संघ नेपाल (आईक्यान) ले सोही भवनमा रक्तदान शिविरको आयोजना गरेको हो ।
उक्त शिविरमा दूतावासका अधिकारी, भारतीय समूदाय तथा नेपालमा रहेका भारतका मित्रहरुको सहभागीता थियो ।
यस्तै नेपाल–भारत पुस्तकालयमा पनि एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो । अन्तरक्रिया कार्यक्रममा विभिन्न विश्वविद्यालयका विद्यार्थीहरुको उपस्थिति थियो ।
पुस्तकालयमा महात्मा गान्धीको जीवन एवम् सिद्धान्तमा आधारित एक चलचित्र प्रदर्शन गर्नुका साथै महात्मा गान्धीको विषयमा हाजिरीजवाफ प्रतियोगिताको पनि आयोजना गरियो ।
गान्धी जयन्तीको अवसरमा भारतीय दूतावास प्राङ्गणमास्थित गान्धीको शालिकमा दूतावासका अधिकारीहरू माल्यार्पण गरि सम्मान प्रकट गरेका थिए ।
प्रगतिशील भारतको ७५ वर्ष र भारतका जनता, संस्कृति र उपलब्धिहरुको गौरवशाली इतिहासको सम्झना गर्न भारत सरकारले अघि सारेको ‘आजादी का महोत्सव’ को एक कार्यक्रमको रुपमा गान्धी जयन्ती मनाइएको हो ।
तपाईको प्रतिक्रिया