रौतहट, १७ असोज । चन्द्रपुर नगरपालिका(३ मोरङ्गे चिसापानी बस्ने हरि बहादुर थोकरको छोरा १४ वर्षीय सुकराज थोकरको सोही नगरपालिका(३ सोहिगैंडाटारस्थित चाँदेखोलाले बगाएर मृत्यु भएको छ ।
गैडाटार बजारमा किनमेल गरी घर फर्कने क्रममा उक्त खोला तर्न खोज्दा शनिबार साँझ खोलाले बगाई बेपत्ता भएको भएको थियो ।
ईलाका प्रहरी कार्यालय चपुर र अस्थाई प्रहरी पोष्ट गैंडाटारबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा घटनास्थलदेखि करिब ४ किलोमिटर टाढा सोही खोलाको बगरमा शव फेला पारेको हो ।
तपाईको प्रतिक्रिया