स्रोत नखुलेको २२ लाख ९१ हजार रुपैयाँसहित एक जना पक्राउ

समाचार

कपिलवस्तु, १८ असोज । कृष्णनगर नगरपालिका–२ बसपार्कबाट स्रोत नखुलेको २२ लाख ९१ हजार ८ सय रुपैयाँसहित बुद्धभूमि नगरपालिका–९ धमौली बस्ने २२ वर्षीय जिवन प्रसाद भुसाललाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार दिउँसो शंकास्पद अवस्थामा हिँडिरहेका उनलाई ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको झोला र शरीरबाट १ हजार दर,  ५ सय दर, १ सय दरका गरी उक्त नगद फेला पारी पक्राउ गरेको हो । 

उनलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल रुपन्दहेहीमा पठाइएको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ