काठमाडौं, १८ असोज । गैरसामाजिक संस्था सम्पर्क भारत नेपालले भारतको काशी– प्रवासमा रहेका नेपालीहरूको सम्झनामा ‘काशीको सम्झना‘ नामक कार्यक्रम गर्ने भएको छ ।
असोज १९ असोज मंगलबार डिजिटल माध्यमबाट प्रत्यक्ष प्रस्तुत हुने कार्यक्रममा भारतमा शिक्षा हासिल गरेका हजÞारौं नेपालीहरूलाई एउटै मन्चमा ल्याउएर उनीहरुको अनुभव आदान प्रदान गरिनेछ ।
कार्यक्रम काठमाडौंैस्थित भारतीय दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रमा सोमबार अपरान्ह साढे ३ बजे फेसबुकमा लाइभमार्फत् सुरु हुनेछ ।
कार्यक्रममा नेपाी कांग्रेसका महामन्त्री डा. शशांक कोइराला, प्रतिष्ठित साहित्यकार दुर्गा प्रसाद श्रेष्ठ, किरण मानन्धरका साथै काशी प्रवासका संस्मरणबारे इला शर्माले प्रवचन दिनेछन् ।
उनीहरुले कासीमा बिताएको आफ्नो अनुभव व्यक्त गर्नेछन् । कार्यक्रम www.facebook.com/samparkbharatnp मा प्रत्यक्ष लाईभ हेर्न सकिन्छ ।
संस्थाले बौद्धिक, सांस्कृतिक एवम् सामाजिक क्रियाकलाप विस्तार गर्दै जाने उद्देश्यअनुरुप यो कार्यक्रम गर्न लागेको छ । यसले भारतमा शिक्षित अलुम्नाईको नेटवर्क सम्वद्र्धन गरेर सम्बद्ध सदस्यहरूबीच सहयोगको भावना विकसित गर्न प्रेरित गर्दछ ।
काशी र नेपालको सम्बन्ध शताब्दियौं पुरानो रहे पनि ‘काशीको सम्झना’ कार्यक्रमले १९२० देखि १९८०को दशकहरुलाई मात्र समेट्ने छ ।
यी दशकहरूमा दमनकारी राणा शासनबाट टाढा काशी भनेको नेपालीहरूको राजनीतिक, बौद्धिक क्रान्ति, राजनीतिक संगठन, प्रकाशन, व्यापार, शिक्षा, धर्म, तीर्थयात्रा, काशीवास आदि सबै क्रियाकलापको केन्द्र थियो ।
यसै मोक्षदायक, पवित्र र प्राचीन शहरले राजनीतिक कारणबाट देश निकालिएका अथवा राणाहरूको दमनबाट जिउज्यानको डरले निर्वासित व्यक्ति, बाल विधवादेखि काशीवास गरेर मृत्युवरण गरेका प्रवासी नेपालीमात्र होइन सिंगो नेपालको सोच र संवेदनशीलतालाई आकार दिएको छ ।
नेपालको सांस्कृतिक र राजनीतिक विकासमा काशीको शताब्दियौं पुरानो योगदानको महत्वले काशी नेपाल र भारतको साझा संस्कृति र स्नेहको केन्द्र बिन्दु बनेको छ र काशीको स्थान हरेक नेपालीको हृदयमा संधै नै विशेष रहेका रहँदै आएको छ ।
तपाईको प्रतिक्रिया