काठमाडौं, १८ असोज । प्रदेश २ को प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी नेपालले मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीको राजीनामा माग्ने तयारी गरेको छ ।
लोसपा संसदीय दलको सोमबार बसेको बैठकले भ्रष्टाचार आरोप लागेका मुख्यमन्त्री राउतको राजीनामा माग्ने निर्णय गर्न लागेको हो ।
असोज २० गते बस्ने प्रदेश २ को प्रदेशसभा बैठक अवरुद्ध गरी मुख्यमन्त्रीलाई नैतिकताका अधारमा राजीनामा माग्ने बैठकले निर्णय गरेको हो ।
मुख्यमन्त्री कार्यालयमा ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत अनियमितता भएको भन्दै गत बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको कार्यालयले उजुरीको आधारमा मुख्यमन्त्रीको कार्यालयमा छापा मारेको थियो ।
तपाईको प्रतिक्रिया