संघीयतालाई नै धरापमा पार्न विभिन्न तत्वहरुले चलखेल गरिरहेका छन् : मुख्यमन्त्री राउत

समाचार

जनकपुरधाम, १८ असोज । प्रदेश नं. २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले संघीयतालाई धरापमा पार्न विभिन्न तत्वहरुले चलखेल गरिरहेको बताएका छन् ।

विभिन्न पार्टी परित्याग गरेका नेता कार्यकर्ता सोमबार जनता समाजवादी पार्टी नेपालमा प्रवेश गराउँदै मुख्यमन्त्री राउतले यस्तो कुरा बताएका हुन् ।

मुख्यमन्त्री राउतले संघीयताको जननी रहेको प्रदेश २ लाई बदनाम गराउन र अन्ततः संघीयतालाई नै धरापमा पार्न विभिन्न तत्वहरुले चलखेल गरि रहेको उल्लेख गर्दै त्यस्ता तत्वहरुलाई परास्त गर्त आम जनतालाई सचेत हुनु पर्ने बताए ।

धनुषा जिल्लाको हंसपुर नपा वडा नं. ४ मणिपट्टीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेस र नेकपा एमाले परित्याग गरेका करिब ३ सय जना जसपामा प्रवेश गरेका छन् । 

नव प्रवेशीहरुलाई गम्छा र माला लगाई स्वागत गर्दै मुख्यमन्त्री राउतले उत्पीडित वर्गको उत्थानका लागी जसपा सदैब अडिग रहने विश्वास दिलाए । 

स्थानीय नेता फिरोज मंसुरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा केन्द्रीय सदस्य हरिनारायण यादव, अरुणसिंह मण्डल, दीपक कार्की, प्रदेशसभा सदस्य राम अशिष यादव, जिल्ला अध्यक्ष पशुपति यादव, बौद्धिक पेशाकर्मीका उपाध्यक्ष जितेन्द्र यादव, युवा अध्यक्ष दिपेन्द्र कापडी, नगर अध्यक्ष रामनारायण कापडी सहितको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ