लोकतान्त्रिक युवा संघद्वारा चीनविरुद्ध प्रदर्शन

समाचार

जनकपुरधाम, १८ असोज । जनकपुरधाममा लोकतान्त्रिक युवा संघ धनुषाले चीनविरुद्ध प्रदर्शन गरेका छन् ।

लोकतान्त्रिक युवा संघ धनुषाले सोमबार चीनले नेपालको हुम्ला जिल्लाको लाप्चासहित विभिन्न जिल्ला र विभिन्न ठाउँमा नेपाली भूमि अतिक्रमण गरेको भन्दै प्रदर्शन गरेको हो ।

चीनले नेपालको भूभाग मिच्दै नेपाललाई अस्थिरतातिर धकेल्न खोजेको नाराबाजी गर्दै संघले प्रदर्शन गरेको हो । चीनले १२ नं. सीमास्तम्भसमेत सारेको एक प्रदर्शनकारी प्रशान्त झाले बताए । 

चीनले नेपाली भूमिमा भौतिक संरचना निर्माणसमेत गरेको लोकतांत्रिक युवा संघले आरोप लगाएको छ ।

विरोध प्रदर्शनका क्रममा चिनियाँ विस्तारवाद मुर्दावाद, नेपाली भूमि अतिक्रमण बन्द गर, अतिक्रमित हाम्रो भूमि फिर्ता गर, छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर जस्ता नारा लगाइएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ