अनुपम खेरले पशुपतिको दर्शन

समाचार

काठमाडौं, १९ असोज । बलिउड निर्देशक सुरज बडजात्याको निर्देशनमा बन्न लागेको ‘उचाई’ चलचित्रको छायाँकनका लागि नेपाल आएका अनुपम खेरसहितले मंगलबार पशुपतिनाथको दर्शन गरेका छन् ।

अभिनेता खेरले मंगलबार बिहान सामाजिक सञ्जालमा पशुपतिनाथ मन्दिरको दर्शन गरेको भिडियो समेत राखेका छन् ।

भिडियोमा उनले आफू निकै खुशी भएको बताएका छन् । खेरले सबैका लागि खुशी मागेको समेत बताएका छन् ।

हिन्दू स्थानमा आएर पूजा गर्दा मनमा शान्ति मिल्ने गरेको पनि खेरले बताएका छन् ।

भारतीय कलाकारहरु खेर, बोमन इरानी, परिणिति चोपडा र सारिका हसन नेपाल आएका छन् । उनीहरु चलचित्र छायाँकनका लागि आएका हुन् । उनीहरु मनाङ, मुस्ताङ, लुक्ला, लाङटाङलगायतका ठाउँमा छायाँकन गर्ने छ ।

खेरले आफ्नो ५ सय २० औं चलचित्रमा काम गरिरहेका छन् । ५१९ फिल्म सकेका खेरले ५२० औं फिल्मको शुटिङ शुरु गरेका हुन् ।

यो फिल्ममा खेरसँगै बलिउडका महानायक अमिताभ बच्चन, बोमन इरानी, नीना गुप्ता, परिणीति चोपडा र सारिका लगायत पनि रहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ