लोसपाले प्रदेश २ का मुख्यमन्त्री राउतको  राजीनामा माग्यो

समाचार

जनकपुरधाम, १९ असोज । प्रदेश २ को प्रमुख प्रतिपक्ष दल लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेको छ ।

मुख्यमन्त्री राउतले संघीयतालाई बदनाम गराएको आरोप लगाउँदै लोसपाले राजीनामा मागेको हो । सोमबार जनकपुरमा लोसपा संसदीय दलको बैठकले मुख्यमन्त्री राउतको राजीनामा मागेको हो ।

बैठकले मुख्यमन्त्री ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयबाट फाइल नियन्त्रणमा लिएर अनुसन्धान थालेको हुँदा प्रक्रिया पूरा नभएसम्म मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने बताएको छ ।

संसदीय दलको बैठकमा प्रदेश सरकारको गतिविधि, प्रदेश सभामा प्रमुख प्रतिपक्षको भूमिकामा बारे संसद् सचिवालयलाई जानकारी गराउने बारेमा छलफल पनि भएको छ ।

असोज २० गते बस्ने प्रदेशसभाको सातौं अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री राउतले विश्वासको मत लिने कार्यसूचीसमेत रहेकोमा लोसपाले बैठक अवरुद्ध गरी मुख्यमन्त्रीलाई राजीनामा माग्ने तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ