६६औँ प्रहरी दिवसको अवसरमा रक्तदान

समाचार

कपिलवस्तु, १९ असोज । ६६औँ प्रहरी दिवस २०७८ को अवसरमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको आयोजनामा सोही कार्यालयको प्राङ्गणमा एकदिने बृहत रक्तदान कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाईटी कपिलवस्तुका जिल्ला शाखाका मन्त्री सन्तोष श्रीवस्तवले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरिएको थियो । 

रक्तदान कार्यक्रममा प्रहरी उपरीक्षक दान बहादुर कार्की समेत ५५ जना प्रहरी कर्मचारी र पत्रकार महासंघ कपिलवस्तुका जिल्ला सचिव जानु पाण्डे गरी जम्मा ५६ जनाले रक्तदान गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ