प्रहरी संगठनलाई थप चुस्त दुरुस्त बनाउन प्रदेश सरकार तत्पर : मुख्यमन्त्री राउत

समाचार

जनकपुरधाम, २० असोज । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले शान्ति सुरक्षाको सवालमा नेपाल प्रहरीको भूमिकालाई अझ प्रभावकारी बनाउन आग्रह गरेका छन् ।

६६औं प्रहरी दिवसको अवसरमा प्रदेश नं. २ प्रदेश प्रहरी कार्यालयले बुधबार जनकपुरधाममा आयोजना गरेको विशेष कार्यक्रममा मुख्यमन्त्री राउतले आन्तरिक सुरक्षाको जिम्मेवारी प्राप्त नेपाल प्रहरीको भूमिका सराहनीय रहेको उल्लेख गर्दै आफ्नो भूमिकालाई अझ प्रभावकारी बनााउन आग्रह गरेका हुन् ।

कर्तव्य पालनाको क्रममा शहादत प्राप्त नेपाल प्रहरीका जवान एवं अधिकृतहरु प्रति श्रद्धासुमन अर्पण गर्दै मुख्यमन्त्री राउतले प्रहरी संगठनलाई थप चुस्त दुरुस्त बनाउन प्रदेश सरकार तत्पर रहेको उल्लेख गरे । 

प्रदेश सरकार प्रदेशको आन्तरिक शान्ति सुरक्षाका लागि नेपाल प्रहरीसँग समन्वय गर्दै नेपाल प्रहरीलाई थप सशक्त बनाउन स्थापनाकालदेखि नै सहयोग गर्दे आएको समेत उल्लेख गरे । 

प्रहरी नायव महानिरीक्षक उमेश रंजितकारको अध्यक्षतामा भएको उक्त कार्यक्रममा आन्तरिक मामिला तथा संचारमन्त्री भरत प्रसाद साह, राज्यमन्त्री रुवी कुमारी कर्णसहितले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा शहिद प्रहरी परिवार, सहयोगी संघ संस्था एवं व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ