काठमाडौं, २० असोज । भारतसँग खरिद गरिएको १० लाख डोज कोभिसिल्ड खोप आगामी शनिबारसम्म नेपाल आइपुग्ने भएको छ ।
गत वर्ष फागुनमा खरिद गरिएको १० लाख डोज खोप ६ महिनापछि शनिबार आउन लागेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।
भारतको सेरम कम्पनीबाट खरिद गरिएको २० लाख डोज खोपमध्ये १० लाख मात्रा खोप आइसकेको छ । नेपालले भारतसँग प्रति डोज चार डलरका दरले २० लाख डोज खोप खरिद गर्ने सम्झौता गरेको छ ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख सागर दाहालले यसै हप्ताभित्र खोप आउने बताए ।
तपाईको प्रतिक्रिया