काठमाडौं, २० असोज । परराष्ट्र मन्त्री डा. नारायण खड्का र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच भेटवार्ता भएको छ ।
भारतीय राजदूत क्वात्राले परराष्ट्र मन्त्रालयमै पुगेर परराष्ट्र मन्त्री खड्कासँग भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा द्विपक्षीय सम्बन्धको सबै महत्वपूर्ण पहलका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यस्तै अर्को सातासम्म कोभिसिल्ड खोपको आपूर्तिका विषयमा समेत उनीहरुबीच छलफल भएको परराष्ट्रले जानकारी दिएको छ ।
गत फागुनमा सरकारले भारतको सेरम इन्स्ट्यिुटसँग खरिद सम्झौता गरेको २० लाख डोज कोभिसिल्ड खोपमध्ये १० लाख डोज खोप आउन बाँकी छ । सोही खोप सम्भवतः अर्को साता नेपाल भित्रिने भएको हो ।
तपाईको प्रतिक्रिया