जनकपुरधाम, २० असोज । प्रदेश नं. २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले दुई तिहाइभन्दा बढी विश्वासको मत प्राप्त गरेका छन् ।
बुधबार मुख्यमन्त्री राउतले मागेको विश्वासको मतमा पक्षमा ७७ र विपक्षमा २३ जनाले हस्ताक्षर गरेका छन् ।
हाल १०४ जना प्रदेशसभा सदस्य रहेको प्रदेश २ का १०० जना प्रदेश सांसदहरुको उपस्थिति रहेको थियो । जसमध्ये ४ जना अनुपस्थित थिए ।
यसअघि १०७ प्रदेशसभा सदस्य रहेकोमा नेकपा माओवादी केन्द्रले तीन जना सांसदलाई कारबाही गरी बर्खास्त गरेको छ ।
जनता समाजवादी पार्टी विभाजन भएपश्चात् मुख्यमन्त्रीले बुधबार विश्वासको मत लिने निर्णय गरेका थिए ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेकपा एमाले र नेपाल संघीय समाजवादी पार्टीले यो सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको थियो ।
तपाईको प्रतिक्रिया