विराटनगर, २१ असोज । नेकपा माओवादी केन्द्र प्रदेश १ प्रदेश समितिले प्रदेशमा जिल्ला सहइन्चार्ज, निर्वाचन क्षेत्रीय समन्वय समिति र उपमहानगरपालिकाको कार्यविभाजन गरेको छ ।
समितिका अनुसार प्रदेशका केही जिल्लामा कार्यविभाजन भएको हो । सो क्रममा सुनसरी जिल्ला समन्वय समितिको संयोजकको जिम्मेवारी सुरेन्द्र मेहता र सहइन्चार्जमा योगेन्द्रप्रसाद मण्डललाई तोकेको समितिले जनाएको छ ।
त्यसैगरी, भोजपुर जिल्ला समन्वय समितिको सहइन्चार्जमा राजेश खतिवडा, धनकुटा सहइन्चार्जमा डिल्लीराम राईलाई जिम्मेवारी दिइएको छ । उदयपुर निर्वाचन क्षेत्रीय समन्वय समितिको संयोजकमा भगवती खनाललाई मनोनयन गरिएको पार्टीले जनाएको छ ।
तपाईको प्रतिक्रिया