वीरगन्ज, २१ असोज । राष्ट्रिय जनमोर्चाले वीरगन्जको घण्टाघर चोकमा संघीयताको खारेजीको माग गरेको छ ।
संघीयताका नाममा मुलुकमा गणतन्त्र र संविधानमाथि संवैधानिक संकट आउन थालेकाले संविधान र गणतन्त्रको रक्षाका लागि संघीयता खारेज गर्नुपर्ने राष्ट्रिय जनमोर्चाका नेता कार्यकर्ताले सभामा बताए ।
गणतन्त्र, राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, संघीयता खारेज गरौं भनी बुधबार देशका सातै प्रदेशमा एकैचोटि यस्तो कार्यक्रम गरेको जनमोर्चाको भातृसंगठन अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरवराज रेग्मीले बताए ।
संघीयताविरोधी पार्टीको छुट्टै कार्यक्रम भएकाले सत्ता गठबन्धन भने अहिले नै नतोडिने उनको भनाइ छ ।
गणतन्त्र रक्षाका लागि नेकपा एमालेका केपी ओली पनि आए पनि मिलेर जान सकिने उनको भनाइ छ ।
‘उनको विगतको कार्यशैली भने गणतन्त्र विरोधी छ’, अध्यक्ष रेग्मीले दाबी गरे । एमसिसी खारेज गर्नुपर्ने जनमोर्चाको बटमलाइन भएको उनले स्पष्ट पारे ।
तपाईको प्रतिक्रिया