मुस्कानको उपचारका लागि दुई लाख सहयोग

समाचार

पर्सा, २१ असोज । एसिड पीडित मुस्कान खातुनको उपचारका लागि वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले दुई लाख रुपैयाँ सहयोग गरेका छन् ।

सरावगीले मुस्कानलाई दुई लाख रुपैयाँको चेक प्रदान गरेका हुन् । मुस्कानका अनुसार, एसिड प्रहारले घाँटी, पेट र छातीमा भएको घाउको तत्कालै शल्यक्रिया गर्नुपर्नेछ ।

त्यसका लागि ३ लाखभन्दा बढी खर्च लाग्ने भएको छ । तर, मुस्कानसँग त्यति रकम नभएको खबर पाएपछि नगर प्रमुख सरावगीले उनलाई दुई लाख रुपैयाँ सहयोग गरेका हुन् ।

आफनो तलब भत्ताको रकम जम्मा गर्दै आएको मेयर कल्याणकारी कोषबाट तत्कालका लागि दुई लाख रुपैयाँ मुस्कानको उपचारका लागि सहयोग गरेको सरावगीले बताए । 

वीरगन्ज महानगरपालिका २ की १५ वर्षीया मुस्कानलाई २०७६ भदौ २० गते विद्यालय जाने क्रममा वीरगन्ज ४ गणेशमान चोकमा मजिद मिया र सम्साद मियाले उनको अनुहार र शरीरमा एसिड प्रहार गरेर घाइते बनाएका थिए ।  

घाइते भएकी समयदेखि मुस्कानको काठमाडौंको कीर्तिपुरस्थित वर्न हस्पिटलमा उपचार हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ