रौतहट, २१ असोज । कोभिड–१९ का कारण झण्डै डेढ वर्ष अघिदेखि बन्द रहेको गौर नाका बुधबारबाट पूर्ण रूपमा सञ्चालनमा आएको छ । एक साताअघि नेपाल सरकारले सीमा क्षेत्रको नाका खुला गर्ने निर्णय गरेको थियो ।
गृह मन्त्रालयले केही दिनअघि जिल्ला प्रशासन कार्यालयलाई सीमा नाका खोल्न निर्देशन दिएको थियो ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भारतीय पक्षबाट पनि सीमा खुला गरेको बताए ।
‘अब नेपाल भारत दुवै देशमा सवारी आउजाउमा कुनै कठिनाई छैन्, ’ उनले भने, ‘अब निर्वाध रुपमा दुवै देशका सवारीहरु नियमपूर्वक आउन जान पाउँछन् ।’ कोरोना संक्रमणका कारण २०७६ चैत्र ११ गते देखि सिमा नाका बन्द थियो ।
तपाईको प्रतिक्रिया