धनगढीमा भलिबल प्रतियोगिता सुरु

समाचार

धनगढी, २१ असोज । धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय भलिबल प्रतियोगिता सञ्चालन सुरु भएको छ ।

सुदूरपश्चिम खेलकुद परिषदको आयोजनामा बिहीबारदेखि सुरु भएको प्रतियोगिता असोज २३ गतेसम्म चल्ने छ । कैलाली र कञ्चनपुरसहित ९ वटै जिल्लाका टीमको सहभागितामा प्रतियोगिता सञ्चालन भइरहेको छ ।

खेलकुद परिषदको वार्षिक कार्यक्रम अन्तरगत राष्ट्रिय टिम बनाउने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिता अन्तरगत पहिलो हुनेले एक लाख नगदसहित ट्रफी, द्धितिय हुनेले ५० हजार रुपैयाँ नगदसहित ट्रफी, तेस्रो र चौथो हुनेले २५÷२५ हजार रुपैयाँसहित ट्रफी तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिनेछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ