बाँके, २१ असोज । ६६औं प्रहरी दिवसका अवसरमा बाँकेका २६ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेमा बुधबार आयोजित विशेष कार्यक्रममा उत्कृष्ठ काम गरे वापत इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख (डिएसपी) रविन्द्र खनालसहित २६ जना जुनियर प्रहरी अधिकृत तथा जवानलाई पुरस्कृत गरिएको हो ।
उनीहरुलाई नगद र प्रमाणपत्र प्रदान गरिएको जिप्रका बाँकेका प्रवक्ता (डिएसपी) मधुसुदन न्यौपानेले नागरिकलाई जानकारी दिए ।
दिवसका अवसरमा प्रहरीलाई विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने नागरिक समाज, सामाजिक संस्थाका प्रतिनिधी लगायतलाई पनि सम्मान गरिएको छ ।
यस्तै ‘लागु औषधविरुद्धको निस्तेज महाअभियान’ स्मारिका पनि विमोचन गरियो । दिवसको पूर्वसन्ध्यामा आयोजित खेलकुद प्रतियोगितामा विभिन्न स्थान प्राप्त गरेका प्रहरी खेलाडीलाई पनि सोही समारोहमा पुरस्कृत गरिएको थियो ।
तपाईको प्रतिक्रिया