नेपाल राष्ट्रिय बंगाली समाज गठन

समाचार

वीरगञ्ज, २१ असोज । वीरगन्जमा बसोवास गर्ने बंगालीभाषी नेपालीहरुले नेपाल राष्ट्रिय बंगाली समाज गठन गरेका छन् ।

वीरगन्ज १० माइस्थान–घडिअर्वा मार्गमा रहेको दुर्गामन्दिरको प्राँगणमा समाजका केन्दीय अध्यक्ष पार्थो सरकारको प्रमुख आतिथ्य र प्रदेश २ संयोजक बिमलचन्द सरकारको अध्यक्षतामा बसेको भेलाबाट नेपाल राष्ट्रिय बंगाली समाज, पर्साको तदर्थ समिति गठन भएको हो ।

व्यवसायी संदीप बेनर्जीको अध्यक्षतमा गठन भएको समितिका उपाध्यक्ष कुशल गोहो ठाकुर, कल्पना दास अर्का सचिव दिलिप राउत र कोषाध्यक्ष रेणु राउत रहेका छन् ।

त्यसै गरी सदस्यहरुमा मिहिरचन्द्र अधिकारी, डा. गोबिन्दकुमार साह, मोहनकुमार मण्डल, कृष्णकुमार दास, अमरदीप सरकार, रुद्र हल्दर, सुमना बेनर्जी र निलोय मजमुदार छन् ।  

नेपालमा लाखौंको संख्यामा बंगालीभाषीहरु पुस्तौंदेखि बसोवास गरे पनि संगठित नभएको कारण बेग्लै पहिचान स्थापित हुन नसकेको केन्द्रीय अध्यक्ष सरकारले बताए ।

राष्ट्रिय जनगणना २०७८ मा आफ्नो थर मात्र उल्लेख नगरेर समुदायको रुपमा बंगाली लेख्न आफुहरुले नेपाली बंगालीहरुलाई अह्वान गरेको उनले जनाए । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ