बडा दशैंमा कलश यात्रा

समाचार

महोत्तरी, २२ असोज । जिल्लाको मटिहानी नगरपालिकामा बडा दशैंको शुभ अवसरमा देशमा शान्ति एवं मानव कल्याणको कामना गर्दै बिहीबार शान्ति शोभा कलश यात्राको आयोजना गर्यो ।

श्री आदर्श दुर्गा पूजा समिति मटिहानीको आयोजनामा निस्केको सो कलश यात्राले मटिहानी र मधवापुरको विभिन्न भागहरुको परिक्रमा गरेका थिए ।

कलश यात्रामा प्रदेश सभा सदस्यहरु अभिराम शर्मा, रानी शर्मा, मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डल, पार्टी प्रतिनिधि, किसान, व्यापारी लगायत विभिन्न क्षेत्रको महानुभाव तथा महिला–बालवालिकाहरु सहभागी रहेका थिए ।

कलश यात्रामा दुर्गाको विभिन्न रुपको प्रतिकात्मक झाँकी समेत प्रदर्शन गरिएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ