कैलाली, २२ असोज । टिकापुर नगरपालिका–४ बाघमारा बस्ने ४५ वर्षीय लिखराम चौधरीको माछा मार्ने क्रममा पोखरीमा डुबेर मृत्यु भएको छ ।
बिहीबार राति लिखराम, सोही ठाउँ बस्ने सन्तराम चौधरी र सोही नगरपालिका–३ पुछ्रि बस्ने ३० वर्षीय शिव नारायण चौधरी सोही नगरपालिका–१ ब्लक नम्बर ९ बस्ने मोहन साउँदको माछा पोखरीमा माछा मार्न गएको अवस्थामा डुबेर गम्भीर घाइते भएका लिखरामको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाको सोधपुछका लागि प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया