वीरगन्जमा जसपाको झण्डा र उपेन्द्र यादवको पुतला जलाइयो (भिडियोसहित)

समाचार

वीरगन्ज, २२ असोज । वीरगन्जमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र पार्टीको झण्डा जलाइएको छ ।

जसपाकै नेता कार्यकर्ताहरुले उपेन्द्रविरुद्ध नाराबाजी गर्दै पुतला जलाउनुको साथै पार्टीको झण्डासमेत जलाएका हुन् ।

वीरगन्जका प्रभावशाली युवा नेता तथा पर्सा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित सांसद प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै नेता कार्यकर्ताहरु नाराबाजी गर्दै  आक्रोश पोखेका छन् ।

आक्रोशित नेता कार्यकर्ताहरुले ‘उपेन्द्र कुता मार जुत्ता’ र ‘काला नाग उपेन्द्र यादव मुर्दावाद’ भन्दै युवाहरूले पुतला जलाएका छन् । 

भिडियो साभार : पत्रकार अभिमनु पटेलको फेसबुक वालबाट साभार

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ