काठमाडौं, २२ असाजे । नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञा चतुर्वेदी काठमाडौंको चावहिलस्थित निर्माणाधीन घरनिर मृत फेला परेका छन् ।
उनले निर्माणाधीन घरको चौथों तल्लाबाट हामफालेर आत्महत्या गरेको बताइएको छ । बिहीबार बिहान निर्माणाधीन घरबाट हाम्फाल्दा चतुर्वेदीको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
घरको चौंथो तलामा उनको मोवाइल फेला परेको छ । ७४ वर्षीय चतुर्वेदी बिहान ७ बजे मर्निङ्वाक गएको बेला सो घरमा गएर हाम्फालेका हुन् ।
उनी काठमाडौं महानगरपालिका–७ चावहिल स्थित बुलबुलेमा बस्दै आएका थिए । आफ्नो घरबाट केही पर रहेको निर्माणाधीन घरबाट उनि हाम्फालेका हुन् ।
तपाईको प्रतिक्रिया