बाँके, २३ असोज । नेपालगंज उपमहानगरपालिका–४ बुद्ध मन्दिर नजिकबाट १ थान संरक्षित वन्यजन्तु रेडपाण्डाको छाला सहित जाजरकोट भेरी नगरपालिका–१ बस्ने २८ वर्षीय मनिराम सुनारलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा झोलाभित्र लुकाई राखेको उक्त छालासहित मनिरामलाई फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया