मोटरसाइकल चोरी गर्ने ३ जना पक्राउ

समाचार

पर्सा, २३ असोज । वीरगञ्ज महानगरपालिका–१० स्थित प्रभु बैंक अगाडि पार्किङ गरी राखेको सोही महानगरपालिका–१५ बस्ने विवेक कुमार यादवको ना.४८ प ९३६९ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार दिउँसो पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका–२ छप्कैया बस्ने २४ वर्षीय अरमान देवान, ३० वर्षीय सदाम अन्सारी र २७ वर्षीय सहमत अन्सारी रहेका छन् ।

मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी बसपार्कबाट खटिएको संयुक्त प्रहरी टोलीले खोजी गर्ने क्रममा उनीहरूलाई उक्त मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ